डोटीमा पहिरोले घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु
कैलाली - आइतबारदेखि परेको अविरल बर्षाका कारण मंगलबार दिउँसो घर भत्किँदा डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर बिकसहित उनका १८ वर्षका छोरा मोहन, १२ वर्षीया छोरी पवित्रा र सोही घरमा मामाघर आएका १६ वर्षीय रविनको मृत्यु भएको हो ।
घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले थप विवरण संकलन गर्दैछ ।

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

आजदेखि कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

प्रतिक्रिया