सशस्त्र प्रहरीले सीमा पार गर्न नदिएपछि विरामीको मृत्यु

जनकपुरधाम : सशस्त्र प्रहरीले नेपाल-भारत सीमा पार गर्न नदिएपछि महोत्तरीका एक विरामीको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको मनरा सिस्वा नगरपालिका-८ बस्ने ४० वर्षे रजाउल अन्सारीको ज्यान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको बिहारस्थित परिहार जान लाग्दा उनलाई धरहरबा बोर्डरमा रहेका सशस्त्र प्रहरीले रोकेका थिए । सशस्त्र प्रहरीले रोकपछि छटपटाउँदा छटपटाउँदै उनको गाडीमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
आफ्नो छोराको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीले उनलाई उपचारका लागि तत्कालै बाहिर लैजान सल्लाह दिएको मृतकका पिता अब्दुल रसिदले बताए । स्वस्थ्यकर्मीको सल्लाह अनुसार परिवारले विरामीलाई त्यहाँबाट नजिकै रहेको बिहारको परिहार पुर्याउने तयारी गरेको थियो ।
तर, सीमामा पुग्ने बित्तिकै अनेकौँ बहानाबाजी गर्दै सशस्त्र प्रहरीले घण्टौसम्म विरामीका परिवारलाई रोकेर राखेको थियो । धेरै बेरपछि छटपटिएर विरामीको मृत्यु भएको परिवारले दाबी गरेको छ ।

मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_EGbUl3Yakh_pmi6wawzfj5tll0oxjy4gidjmw8uosekehhrmsw1arakkayo39awspjv4uiy.jpg)
प्रतिक्रिया