पहिरोले घर पुरिदा धरानमा दुई बालबालिकाको मृत्यु

विराटनगर - अविरल परेको बर्षापछि गएको पहिरोले सुनसरीको धरानमा एउटा घर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्गस्थित निसान राईकी ८ वर्षीया छोरी निसु र छोरा ४ वर्षीय निहान राई रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार दिउँसो पौने २ बजेतिर घरमाथिबाट खसेको पहिरोले राईको घर पुरिएको थियो । पहिरोले घर पुरिदा घरभित्रै रहेका बालबालिका समेत पुरिएका हुन् । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो ।
उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे मृत अवस्थामा निसु र निहान फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

प्रतिक्रिया