महाकाली नदीको टापुमा फसेका ५ जनाको हेलिकोप्टरबाट उद्धार
कैलाली - कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मसेट्टिमा महाकाली नदीको टापुमा फसेका ५ जनाको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकप्टरले उनीहरुको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताए ।
कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मसेट्टिका एकै परिवारका ५ जना सोमबार रातिदेखि फसेका थिए। उनीहरुको १५ घण्टा पछि उद्दार भएको हो ।
डिएसपी न्यौपानेका अनुसार ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्काको उद्दार गरिएको हो । त्यस्तै कैलालीका दुई जनाको समेत हेलिकप्टरबाटै उद्दार गरिएको छ ।

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

प्रतिक्रिया