मुस्ताङ जाने बाटोमा जताततै पहिरो
पोखरा - बेनी–जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् । सोही कारण दर्जनौं गाडी विभिन्न ठाउँमा अलपत्र परेका छन् ।
रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । ‘मंगलबार विहान एक पटक सबै साना गाडी पास गराएका छौं । ठूला गाडी पास हुने अवस्था छैन,’ उनले भने, ‘फोर ह्वीलर गाडी मात्रै आउजाउ गर्न सक्छन् ।’
बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको उनले बताए । लकडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो । दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण छ ।
बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ । सबैतिर खाल्डैखाल्डा छ । बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नती गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ । चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ । समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाई भएको छ ।
यो सडक १० मिटर फराकिलो गर्ने योजना छ । त्यसमा ७ मिटर पीचको हुने छ । सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताए । ‘प्रहरी खटाएका छौं । डोजरले गाडी तानिरहेको छ,’ उनले भने, ‘डुम्रीभीरको बाटो नभएपछि अर्काको जग्गाबाट पास गराएका हौं ।’ उनले वर्षा जारी रहेकाले अहिले मुस्ताङ भ्रमणको योजना नबनाउन पनि आग्रह गरेका छन् । मुस्ताङका साना खोलाहरुमा समेत बाढी आईरहेको स्थानीय शुशीलबाबु थकालीले बताए । न्युज कारखाना

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया