महाकाली नदीमा झण्डै शताब्दी यताकै ठूलो बाढी

कैलाली - लगातारको वर्षाका कारण महाकालीमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ वर्ष यताकै ठूलो जलस्तर महाकाली नदीमा मापन गरिएको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । यसअघि सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।
नदीमा पानीको बहाव उच्च भएपछि ९२ बर्षअघि बनेको शारदा ब्यारेज ( वनबसा पुल) समेत जोखिममा परेको छ । पुलमा पैदल आवागमन समेत बन्द गरिएको छ ।
बृटिस भारत सरकारको पालामा महाकाली नदीमा सन् १९२३ मा पुल निर्माण सुरु गरिएको थियो । सन् १९२९ मा पुल निर्माण सम्पन्न भएको थियो । त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन् २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।
शारदा ब्यारेजको रेकर्ड अनुसार सन् १९६६ मा ४ लाख ३७ हजार, सन् १९६९ मा ४ लाख ८० हजार ५९६, सन् १९७२ मा ४ लाख ९६ हजार एकसय, सन् २००८ मा ४ लाख ६१ हजार ७८८ र सन् २०१३ मा ५ लाख ४४ हजार ४७६ उच्च बहाव मापन गरिएको छ । अहिलेसम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा खतराको संकेत स्वरुप 'रातो बत्ती' बालिएको छ ।

भिजिट भिषामा रोजगार बिभाग र मन्त्रालयको सरोकार हुन्न: महानिर्देशक भट्टराई

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

प्रतिक्रिया