उपभोक्ता ठग्ने पेट्रोल पम्पलाई कारवाही

काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आकाश जोगिनी इन्टरप्राइजेज (पेट्रोल पम्प) सामाखुशीलाई कारवाही गरेको छ । पम्पको सील तोडेर उपभोक्तालाई ठगी गरेको भन्दै कार्यालयले पम्पलाई कारवाही गरेको हो ।
कार्यलयका प्रमुख मनिषकुमार दासले पेट्रोल पम्पमा सील तोडेपछि घटी र बढी बेच्न मिल्ने बनाएर उपभोक्ता ठगी गरेकाले कारवाही गरिएको जानकारी दिए । कार्यालयले पेट्रोल पम्पको नोजल सिल गर्नुका साथै पेट्रोल तथा डिजेल विक्रिवितरणसमेत रोक लगाएको छ ।
पेट्रोल पम्पका सञ्चालक पुरुषोत्तम मानन्धरले पम्पबाट पेट्रोलियम पदार्थ चुहावट भएपछि नापतौलको टोली बोलाएर परीक्षण गर्दा सील तोडिएको पाइएको जानकारी दिए । नापतौल ऐन, २०२५ को दफा ३० ९३० मा सील तोडेर उपभोक्ता ठगी गर्नेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना गर्ने व्यवस्था रहेको छ । उक्त कार्यालयले चालू आर्थिक वर्षमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेको भन्दै दुई हजार ७०८ व्यवसायीलाई कारबाही समेत गरिसकेको छ ।

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया