डोटीमा घर भत्किँदा २ जनाको मृत्यु

कैलाली - आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण डोटीमा घर भत्किँदा २ जनाको मृत्यु भएको छ। सोमबार राति सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष रहेको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले बताए । उनले मृतक मध्ये एकजनाको शव निकालिएको र अर्को एकजनाको शव निकाल्ने प्रयास भैरहेको जानकारी दिए ।

भिजिट भिसा प्रकरण: गृह मन्त्रालयले सरूवा गर्यो ९ कर्मचारी

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

प्रतिक्रिया