गोल्डस्टार अब अमेरिकी बजारमा

अमेरिका- नेपालको लोकप्रिय ब्राण्डका रुपमा परिचित गोल्डस्टार जुत्ताले अमेरिकी बजारमा औपचारिक रुपमा प्रवेश पाएको छ । गोल्डस्टार जुत्ता अमेरिकामा अब अम्बी ग्लोबल एलएलसीले बेच्नेछ ।
अम्बी ग्लोबलका अध्यक्ष समिर महर्जनले भने,‘अमेरिकामा गोल्डस्टार जुत्ता अन्य ब्राण्ड जस्तै लोकप्रिय हुने हामीलाई विश्वास छ । उनले स्टोर खोल्न चाहनेहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । कम्पनीका अनुसार सुरुमा न्युयोर्क, टेक्सास र क्यालिफोर्नियामा आउटलेट आउने छ ।’
आउटलेट लिन चाहनेले इमेल र फोनमार्फत अम्बी ग्लोबलमा सम्पर्क गर्न सक्नेछन् । गोल्डस्टारका सबै उत्पादनहरू अमेरिकी बजारमा उपलब्ध हुनेछन् भने अमेरिकाका लागि विशेष एक्सक्लुसिभ डिजाइनहरू कम्पनीले उत्पादन गर्ने जनाइएको छ ।
तत्कालका लागि १५ डलरदेखि ६० डलरसम्मको हाराहारीका जुत्ताहरू उपलब्ध हुने भएपनि एक्सक्लुसिभ डिजाइनहरू त्योभन्दा बढी मूल्यका समेत हुनसक्नेछन् ।किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिरप्रताप जबराले तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी गोल्डस्टार जुत्ता अमेरिकामा आइपुगेको बताउँदै ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताए ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया