ब्याजदर बढेपछि मोरङका उद्योगीले पठाए राष्ट्र बैंकलाई पत्र

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाहरूले कार्तिक महिनाबाट लागू हुने गरी वृद्धि गरेको ब्याजदरका सम्बन्धमा उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । केन्द्रीय बैंकलाई कात्तिक २ गते ध्यानाकर्षण पत्र पठाउदै संगठनले विरोध जनाएका छन् ।
लामो समयको महामारीबाट प्रताडित उद्योग व्यवसायहरू विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दबाब बढ्ने गरी बैंक तथा वित्तीय संस्थाहरूले कात्तिकबाट लागू हुने गरी ब्याज दर वृद्धि गरेको छ । बजारमा तरलता अभावको कारण देखाउदै बैंक तथा वित्तिय संस्थाहरूले वृद्धि गरेको व्याजदरलाई अविलम्व पुनरावलोकन गरी उत्पादनमुलक क्षेत्रमा प्रवाह भएकोर हुने कर्जाको व्याजदर एक अंकमा नबढ्ने गरी निर्धारण गर्न माग गरेको छ ।
अहिलेको व्याजदर बढ्ने प्रमुख कारण आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले बैंक वित्तीय संस्थाको तरल पूँजीलाई निष्क्रिय पारेर डिपोजिटको ९० प्रतिशत मात्र लगानी गर्न पाउने गरी सीडि रेसियो कायम हुने व्यवस्थाका कारण बजारमा लगानी योग्य तरलताको अभाव हुन आएको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानी योग्य रकमको प्रावधान बमोजिम अर्को कुनै दरिलो र भरपर्दो आधर तयार नहुँदासम्म साथै सरकारले गर्ने खर्चमार्फत बजारमा आउने तरलताको सुनिश्चितता नहुँदासम्म यसअघिकै प्रावधान अनुरूप सिसिडी रेसियो कायम गरी लगानी योग्य रकमको दायरालाई थप फराकिलो बनाइने उल्लेख ।
सरकारले गर्ने पूजिगत तथा विकास खर्च अत्यन्त न्यून रहेकोले सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई प्रभावकारी र दु्रत गतिमा खर्च गर्ने व्यवस्था गरी बजारमा नगद प्रवाहलाई बढाउनु पर्ने उल्लेख छ । बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कुल कर्जामध्ये उत्पादनमुलक क्षेत्रमा प्रवाह हुने कर्जा लगानीलाई सहज र सरल प्रकृयाबाट प्रवाह गर्ने व्यवस्था गरी अनुत्पादक क्षेत्रको लगानी घटाउँदै उप्पादनमूलक क्षेत्रको लगानी बढाइनु पर्ने उनीहरूको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले गर्ने प्रशासनिक तथा व्यवस्थापन खर्चको बैँक तथा बित्तीय संस्थाको वर्गका आधारमा निश्चित मापदण्डको दरिलो आधार निर्माण गरी अनुत्पादक खर्च कटौतीका साथ आधार दर घटाउनेतर्फ आवश्यक कदम चाल्नु पर्ने उल्लेख छ ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया