यौनजन्य सामग्रीविरुद्ध फेसबुकको कडा कदम

काठमाडौँ- फेसबुकले अब कुनैपनि अकाउण्टमा यौनजन्य सामग्री आदानप्रदान भएमा अकाउण्ट सधैँको लागि बन्द गर्ने भएको छ । फेसबुकले हालै आफ्नो नीतिमा अपडेट गरेपछि यस्ता अवाञ्छित क्रियाकलापसम्बन्धी सामग्री पोस्ट गर्नेको एकाउन्टमाथि सधैँको लागि प्रतिबन्ध लगाउने भएको हो।
यस अन्तर्गत यदि कुनै यूजरले सेलिब्रिटी, राजनीतिज्ञ, क्रिकेटर तथा पत्रकारलगायतका व्यक्तिहरूलाई लक्षित गरेर अफवाह तथा भ्रामक कमेन्टहरू पोस्ट गरेमा पनि उनीहरूको अकाउण्ट बन्द हुने जनाएको छ ।
फेसबुक यूजरको प्रोफाइल, पेज, ग्रुप या इभेन्ट नै सधैंका बन्द गरिने जनाएको छ । फेसबुकले आफ्नो नीतिमा परिवर्तन गरेर सार्वजनिक व्यक्तित्व तथा सर्वसाधारणबीचको फरक प्रस्ट पार्न खोजेको देखिएको छ ।
फेसबुकको इन्बक्समा मेसेज पठाउने नियममा पनि परिवर्तन हुनेछ भने कम्पनीले प्रोफाइल र पोस्टमा आउने कमेन्टहरूलाई सुरक्षित बनाउने जनाएको छ । फेसबुकको यस कदमबाट अनलाइन हुने उत्पीडनबाट बचाउन सकिने कम्पनीको विश्वास रहेको छ ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_Dd3z7Minnr_x1zxghqdgplfoarjzfu2nyqhbe5a88ktqssofgwjzzl9ebrnfo0ubjqxupxa.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया