महासचिव वैद्यको स्वास्थ्यावस्था बुझ्न नर्भिक पुगे गृहमन्त्री

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे।
वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया