कर्णाली नदीले खतराको तह पार गर्यो, महाकालीमा अहिलेसम्मकै उच्च बहाव

कैलाली - आइतबारदेखि लगातार परेको पानीले कर्णाली नदीको खतरा तह पार गरेको छ । कर्णालीमा मंगलबार बिहान ८ बजे नदीको सतह ११ मिटर मापन गरिएको जनाएको छ ।
चिसापानी बाढी मापन केन्द्रकाअनुसार कर्णालीमा पानीको सतह १० मिटर पार गरे खतराको संकेत मानिने हुँदा तटीय क्षेत्र बर्दिया र कैलालीको टिकापुर क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
त्यस्तै महाकाली नदीमा अहिलेसम्मकै उच्च बहाव मापन गरिएको छ । अहिले बिहान ८:१५ बजे गरेको मापन अनुसार महाकाली नदीमा ५ लाख २ हजार क्युसेक पानी मापन गरिएको छ । पानी लगातार परिरहेको र नदीमा पानीको बहाव अझै बढ्न सक्ने भन्दै नदि तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सतर्कता अपनाई सुरक्षित रहन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको बताए । उनले सुरक्षाका सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको बताए ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया