सेती नदीमा बाढी, आवतजावत बन्द (तस्बिरहरू)

कैलाली- आइतबारदेखि लगातार परेको पानीले डोटीको दीपायलमा रहेको सेती नदीमा बाढी आएको छ । नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीका कारण पुलमा आवतजावत बन्द गरिएको छ भने दर्जनौँ घरहरू डुबानमा परेका छन् । स्थानीय टेकराज उपाध्यायले बाढीका कारण करौडौ बढीको नोक्सानी भएको बताउँदै महिन्द्राको शोरुम र ग्यारेज पुर्ण रुपमा क्षति भएको बताए ।
भोलिसम्मै यी नदीहरूमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ । यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । शनिबार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ ।
तस्बिर : टेकराज उपाध्याय

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया