६९ अंकले खस्कियो सेयर बजार, २ अर्ब ९६ करोड कारोबार

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक ६९.५१ अंकले खस्किएको छ । २.६२ प्रतिशतले घटेर नेप्से परिसूचक २५८७.४५ बिन्दुमा पुगेको हो ।
व्यापार समूहबाहेक सबै समूहको परिसूचक खस्किएको छ । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ समूहको परिसूचक २.०५ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक ४.२६ प्रतिशतले घटेको छ ।
घलेम्दी हाइड्रोपावरको सेयर मूल्य उच्च दरले घटेको छ । यसबीच दुई अर्ब ९६ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ४० हजार चार सय १ पटकको किनबेचमा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नबिल बैंकको सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ३६ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया