चर्को घाटामा निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

काठमाडौँ - अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मुल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मुल्य आकाशिएको छ ।
आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मुल्य सूचीअनुसार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मुल्यअनुसार निगमको पाक्षिक घाटा दुई अर्ब २२ करोड पैयाँ नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
आइओसीले पठाएको नयाँ मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ पैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात पैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मुल्यसूचीअनुसार पेट्रोलको खरिद मुल्य प्रतिलिटर ७६ पैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ पैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मुल्य प्रतिलिटर ७३ पैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मुल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ पैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मुल्य बढाएको छैन ।
पेट्रोलको खरिद मुल्य सम्पूर्ण सरकारी कर तथा मुल्य अभिवृद्धि कर ९भ्याट० गरी ५६ पैयाँ ९८ पैसा, डिजेल ३९ पैयाँ ६६ पैसा, मट्टितेल १९ पैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ पैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार पैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० पैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ । पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक पैयाँ ९६ पैसा, डिजेलमा एक पैयाँ ५६ पैसा, मट्टितेलमा एक पैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक पैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक पैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ पैयाँ ३८ पैसा जोडिएको छ ।
ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मुल्य प्रतिलिटर १४५ पैयाँ एक पैसा, डिजेलको प्रतिलिटर १२७ पैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर ९३ पैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० पैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ८२ पैयाँ १३ पैसा र एलपी ग्यासको लागत मुल्य प्रतिसिलिण्डर एक हजार ९६१ पैयाँ ८८ पैसा रहेको छ ।
काठमाडौँमा पेट्रोलको खुद्रा बिक्री मुल्य प्रतिलिटर १३० पैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ११३, आन्तरिकतर्फ हवाई इन्धनको मुल्य प्रतिलिटर ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर ०।७७० अमेरिकी डलर र एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर एक हजार ४५० तोकिएको छ ।
पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ पैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ पैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर चार पैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिण्डर ५११ पैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ ।
निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ पैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० पैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट ११ लाख र एलपी ग्यास बिक्रीबाट ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड छ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।
पन्ध्र दिनमा मट्टितेल बिक्रीबाट दुई करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।
विश्व बजारमा भइरहेको इन्धनको मुल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मुल्यमा भएको वृद्धिले चुनौती थपेको छ । छ÷सात वर्ष अघिको ३७ अर्ब ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करिब रू तीन अर्ब घाटामा गएको छ । पछिल्लो तीन महिनामा निगम छ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताए ।
निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्का गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।
भारतमा भन्दा नेपालमा सस्तो
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो रहेको छ । भारतीय बजार रक्सौलको तुलनामा नेपालतर्फ पेट्रोलमा प्रतिलितर ४८ पैयाँ ८२ पैसा, डिजलमा ५२ पैयाँ ७३ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ०।०६ अमेरिकी डलर र एलपी ग्यासमा प्रतिसिलिण्डर १७५ पैयाँ ६५ पैसा सस्तोे छ ।
भारतीय सीमा क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १७७ पैयाँ ३२ पैसा, डिजेलको मुल्य प्रतिलिटर १६४ पैयाँ २३ पैसा र एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर एक हजार ६०५ पैयाँ ६५ पैसा छ । सीमावर्ती क्षेत्र वीरगञ्जमा पेट्रोलको खुद्रामुल्य प्रतिलिटर १२८ पैयाँ ५० पैसा, डिजेलको मुल्य १११ पैयाँ ५० पैसा र एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर एक हजार ४३० छ ।
नेपालमा पेट्रोलियम पदार्थको मुल्य सस्तो हुँदा सीमावर्ती क्षेत्रबाट अवैधपमा भारततर्फ इन्धनको चोरी निकासी हुने सम्भावना बढेर गएको छ । सीमावर्ती क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको चोरी तस्करी रोक्न निगमले बिक्रेतालाई कडा निर्देशन जारी गरेको छ । निगम र स्थानीय प्रशासनको सक्रियताका कारण पछिल्ला समय पेट्रोलियम पदार्थको चोरी तस्करी नियन्त्रणमा आएको छ । रासस

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया