तावाखोलामा पक्की पुल बन्ने

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा पक्की पुल बन्ने भएको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र सिदिङ्वा गाउँपलिका–७ सुरुम्खिमको सिमानाको तावाखोलामा पक्की पुल बन्ने भएको हो ।
दुई–तीन वर्षअघि नै सडकको ट्रयाक (मार्ग) खुले पनि तावाखोलामा पक्की पुल नहुँदा नियमित यातायताका साधान सन्चालनमा आउन सकेको छैन । हिउँदमा यातायातका साधन चले पनि वर्षातमा नचल्ने अवस्थालाई दृष्टिगत गरी पक्की पुल निर्माण गर्न लागेको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।
तावाखोलामा बन्न लागेको पुलको सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले शिलान्यास गरेका छन् । सिरिजङ्घा गाउँपालिका र संघीय सरकारबाट प्राप्त समपुरक अनुदान बजेट लगानी गरेर पुल निर्माण गर्न लागिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार तीन करोड ८९ लाख ६० हजार ७२ रुपैयाँमा पुल निर्माणको जिम्मा अञ्जना/हिमतारा जेभी कम्पनी इटहरीले पाएको छ । ४ भदौ ०८० भित्रै पुल निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए घिमिरेले जानकारी दिए ।
तावाखोलामा पक्की पुल बनेपछि सिरिजङ्घा गाउँपालिकाको दुर्गम गाउँ वडा नम्बर ८ याम्फुदिनको काबेलीखोला वारिसम्मका बासिन्दाले राहत पाउने छन् । सदरमुकाम फुङ्लिङ र छिमेकी जिल्ला पाँचथर हुँदै लामो दुरीमा सन्चालन हुने यातायातको पहुँच पनि जोडिने छ ।

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया