खुटिया नदीमा ढुंगा लिन गएका ट्रयाक्टर चालक बगेर बेपत्ता

धनगढी - कैलालीको खुटिया नदीमा ढुंगा संकलन गर्न गएका ट्रयाक्टर चालक बगेर बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–८ का ३० बर्षीय गणेश आउजी नदीमा बेपत्ता भएका हुन् । उनलाई खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय खुटिया नदीमा खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार ढुंगा संकलन गर्दै गर्दा एक्कासी नदीमा पानीको बहाव बढेका कारण ट्रयाक्टर चालक आउजी बगेको हुनसक्ने अनुमान छ । आइतबार रातीदेखि कैलालीमा भइरहेको अविरल बर्षाका कारण खोलानालामा पानीको बहाव बढेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

चितवनको इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर

लहानमा श्रमिक महिलाका लागि भवन निर्माण सुरू

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

फर्निचर उद्योगमा आगलागी

प्रतिक्रिया