बाढीले डाइभर्सन बगायो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल - अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पूर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो । आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल भाँसिएको थियो । पुल भाँसिएपछि डाइभर्सन बनाइएको थियो ।
डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए । लुम्बिनी प्रदेशका अधिकांश स्थानमा आइतबारदेखि पानी परिरहेको छ । पानी परेपछि खेतमा धानसमेत डुबानमा परेको छ ।

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

प्रतिक्रिया