सुदूरका पहाडी जिल्लाहरूमा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

दार्चुला - सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति ठूलो वर्षा भएको छ । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ । त्यसैको कारण हाल देशको अधिकांश स्थानमा र सुदूरका पुरै जिल्लामा पानी परेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो एक सूचना जारी गर्दै महाकाली नदि तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन अनुरोध गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा हिजो साँझ ७ बजे देखि परेको पानी अहिलेसम्म कम भएको छैन ।
जिल्लाको व्यास गाउँपालिकामा हिजोदेखि परेको पानीले हिम्पात हुने सम्भावना रहेको सोही ठाउँका स्थानीय पदम राज भट्टले बताए । 'यस्तै वर्षा भयो भने हिउँदमा निकै जाडो हुन्छ । जाडोबाट बृद्धबृदा हरूलाइ बचाउन गार्हो हुन सक्ने अवस्था छ,' उनले भने, 'हिजो साँझदेखि परेको पानीले जाडो भएर बाहिर आवत जावन गर्न सकिएको छैन । पशु चौपायाहरूको श्याहार सुसारमा समस्या भएको छ ।' यस्तै ठूलो वर्षा अझै १/२ दिन रहे पशु चौपाया, बालबालिका र बुढापाखाहरूलाई गार्हो हुन सक्ने अनुमान गरिको उनले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया