अन्तरिक्षमा १२ दिन सुटिङ गरेर फर्कियो रसियन फिल्म टोली

रसिया - रसियन निर्देशक र कलाकार १२ दिन अन्तरिक्षमा फिल्म सुटिङ गरेर पृथ्वीमा फर्किएका छन् । उनीहरू इन्टरनेसनल स्पेस स्टेसनमा १२ दिन बिताएर आइतबार पृथ्वीमा अवतरण भएका हुन् । उनीहरू आइतबार बिहान कजाकस्तानको एउटा विकट गाउँमा उत्रिएका हुन् । स्पेस सेन्टरबाट हिँडेको तीन घन्टामा उनीहरू पृथ्वीमा फर्किएको रसियन स्पेज एजेन्सी रस्कोमसले जनाएको छ ।
रसियाको सरकारी टेलिभिजनले उनीहरू झर्दै गरेको तस्बिर कैद गरेको थियो । अन्तरिक्षमा सुटिङ गरेर फर्किएकी अभिनेत्री युलिया पेरेसिल्डले अन्तरिक्ष छाड्नु पर्दा दुःख लागेको बताएकी छिन् ।
‘१२ दिनको समय एकदम लामो समय जस्तो लागेको थियो । तर सकिँदा मलाई त्यो ठाउँ छाड्न मन थिएन,’ ३७ वर्षीय अभिनेत्रीले रसियन टिभीसँगको कुराकानीमा भनेकी छिन् ।
‘च्यालेन्ज’ नामको यो फिल्म अन्तरिक्षमा सुटिङ गर्ने विश्वकै पहिलो फिल्म बनेको छ । यसअघि टम क्रुजले पनि अन्तरिक्षमा सुटिङ गर्ने घोषणा गरेका थिए । तर उनी सुटिङमा निस्कनुअघि नै रसियन क्रुले यो कीर्तिमानी काम गरेको हो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया