घरायसी झगडामा श्रीमान-श्रीमतीबीच कुटाकुट, श्रीमानको मृत्यु

तेह्रथुम - तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच विवादपछि कुटाकुट हुँदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । छथर गाउँपालिका ३ पञ्चकन्या ज्यामिरेमा आइतबार साँझ घरायासी विवादपछि श्रीमतीको लौरो प्रहरबाट ५४ वर्षीय गोविन्द लिम्बूको मृत्यु भएको इलाका प्रहरी चौकी बसन्तपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
हात हालाहालमा श्रीमती ५२ वर्षीया भक्तकुमारी लिम्बू गम्भीर घाइते भएको शुक्रबारे प्रहरी चौकीका ईन्चार्ज गणेश राईले जानकारी दिए । घटना स्थलमा पुग्दा दुवैको अवस्था गम्भीर देखिएको र गोविन्दको उपचारको क्रममा छथर अस्पतालमा मृत्यु भएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ।
कुटाइबाट गम्भीर भएकी भक्तकुमारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतकको शवलाई पोस्टमार्टमको लागि धनकुटा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया