सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मेगा अभिभावक बचत खाता, ५ लाख रुपैयाँको दुर्घटना बिमा

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले 'मेगा अभिभावक बचत खाता' नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै आफ्ना छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिशि्चत होस् भन्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जानकारी दिएको छ । 

न्यूनतम ५ सय रुपैंया बचत हुनुपर्ने यस खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा खातावाला अभिभावकको ५ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । 

यसैगरी, मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यसका साथै, खातावाललाई डिम्याट खाता तथा शेयर लगानी सम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधाहरु पनि यस योजनामा समेटिएका छन् । खाताबाट सिधै शैकि्षक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाएको छ । 

मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।