मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा एक युवाको मृत्यु

बुटवल - रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।
कोटहीमाई गाउँपालिका– ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुई मोहानमा मूर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राति भारतीय गोताखोरले निकालेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीले रातिसम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो ।
भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरू नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाइबुझाइ शव भैरहवा भीम अस्पतालमा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
दुर्गा मूर्ति विर्सजनको क्रममा प्रायः वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसैगरी मृत्यु भएको थियो । विर्सजनलाई लिएर प्रहरीले उच्च सतर्कता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया