पोखराबाट लागूऔषधसहित दुई जना पक्राउ

कास्की - पोखरा महानगरपालिका–१३ बाझापाटनबाट नियन्त्रित लागूऔषध १४ एम्पुल डाईजापाम, १४ एम्पुल फेनारगन, १४ एम्पुल नुर्फिन र नगद २६ हजार ५ सय रुपैयाँ सहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय अर्जुन गुरुङ र ३५ वर्षीय विनोद विक रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया