सिन्धुपाल्चोकमा ब्रेक फेल भएर बस दुर्घटना, चार जना गम्भीर घाइते
चौतारा - सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको छ ।
बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौँ–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियोे । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

प्रतिक्रिया