जनकपुरमा घाँटी रेटिएको अवस्थामा भेटियो सिरहाका युवाको शव

जनकपुरधाम - धनुषामा एक युवकको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ । जिल्लाको नगराइन नगरपालिका ५ स्थित गंगुलीबाट देवडिहा जाने बाटोको छेउमा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सो शव सिरहाको मिर्चैया नगरपालिका ८ बस्ने २८ वर्षीय सञ्जिव पण्डितको रहेको प्रहरीले जनाएको छ । पण्डितको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिहान बाटो छेउमा फेला परेको हो ।
सिरहा घर भएका ती युवक धनुषामा कसरी आए र हत्या कसले किन गरेको हो ? विषयमा खुलेको छैन । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया