आईएमई भरोसा कोषको सहयोग रकम हस्तान्तरण

काठमाडौंः आईएमई ग्रुपले कोभिड–१९ का कारण मृत्युवरण गर्नुपरेका ७९ जना विदेशमा काम गर्ने नेपालीहरुको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैँया सहयोग प्रदान गरेको छ । नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक आईएमई लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व स्वरुप ‘आईएमई भरोसा कोष’ स्थापना गरी आईएमईसँग कारोबार गरिरहेका खाडी र मलेसियामा कार्यरत नेपालीहरुको दुःखमा सहयोग स्वरुप उनीहरुका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आईएमई लिमिटेडले भरोसा कोषमार्फत् असोज २६ देखि मंसीर १५ सम्म संकलन गरेका आवेदनहरुलाई परराष्ट्र मन्त्रालय, स्वेच्छिक आप्रवासन परियोजना (सामी) र आफ्नो सञ्जालबाट जाँच गरी ८१ मध्ये ७९ आवेदनलाई योग्य ठहर्याएको थियो । सन् २०१९ को डिसेम्बर महिनादेखि संसारभर फैलिएको महामारीजन्य रोग कोभिड–१९ को संक्रमणबाट विदेशमा कार्यरत केही नेपालीहरुले मृत्युवरण समेत गर्नुपरेको थियो । ‘आईएमईले यस दुःखद् घडीमा उहाँहरुको परिवारलाई सानो भए पनि केही सहयोग होस् भनेर यो पहल अघि बढाएको हो,’ आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
पीडित परिवारहरुलाई प्रदान गरिएको सहयोग आईएमई पे मार्फत् उनीहरुको खातामा भुक्तानी गरिएको थियो । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले परिवारका कमाउने सदस्य गुमाएर ठूलो पीडामा रहेका परिवारको दुःखप्रति समवेदना व्यक्त गर्दै आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरोसो कोष निर्माण गरेको बताए । आईएमई लिमिटेडका सीईओ सुमन पोखरेलले कोभिड–१९ का कारण रेमिट्यान्स आप्रवाहमा धक्का लाग्ने प्रक्षेपणका बाबजुद पनि नेपालीहरुको श्रम गन्तव्यमा चाँडै आर्थिक गतिविधि शुरु भएको, अनौपचारिक माध्यम अर्थात् हुण्डी लगायत बन्द भएको, मानिसहरुले साथमै रकम या सुन बोकेर आउने क्रमलाई पनि यात्रा प्रतिबन्धका कारण रोकिएकाले रेमिट्यान्स बढेको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक वृद्धि नै कायम हुने अनुमान गरे ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया