पशुपति र मनकामना खुल्यो, चाँगुनारायण कहिले खुल्छ ?

भक्तपुर : कोभिड १९ संक्रमणको जोखिमका कारण बन्द भएका मन्दिरहरु धमाधम खुल्न थालेका छन् । गत चैत देखि बन्द रहेको गोरखाको मनकामना मन्दिर मंसिर २८ गते देखि खुलेको छ । त्यस्तै पुष १ गते देखि काठमाडौंको पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।
तर भक्तपुरको चाँगुनारायण मन्दिर भने कहिले खोलिएला भन्ने चासो धेरैको छ । कोभिड १९ को महामारीका कारण मन्दिरमा दैनिक पुजारीले पुजाआजा गर्दै आएपनि भक्तजनले विशेष पूजा र दर्शन गर्न पाएका थिएनन् ।
विश्व सम्पदा सुचीमा सुचीकृत चाँगुनारायण मन्दिर चाँगुनारायण मन्दिरको निर्माण इ.स. ३२३ मा हरिदत्त वर्माले गरेको भन्ने कथन छ । त्यस्तै ५२१ को अभिलेख अनुसार राजा मानदेवले गरुड ध्वज चढाएको र गुठीका लागि खेत दान गरेको भन्ने अभिलेख समेत पाइन्छ ।
मन्दिर खुल्ला गर्ने वा नगर्ने भन्ने बारे आज शुक्रबार बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । उनले भने, ‘आज सम्बन्धित सबै पक्षको बैठक बस्छौँ, त्यस बैठकले के निर्णय गर्छ, त्यही पालना गर्छाैँ ।’

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

प्रतिक्रिया