धनगढी बसपार्कमा तनाव

कैलाली : शिवपुरी यातायात प्रालिले काउण्टर राखेर यातायात सेवा सञ्चालन गरेपछि धनगढी बसपार्कमा तनाव बढेको छ । शिवपुरीले सेवा संचालन गरेपछि पूराना ६ वटा यातायात प्रालिले विरोध जनाएका हुन् । उनीहरूले यातायात सेवा ठप्प गरेपछि तनाव बढेको हो ।
अहिले बसपार्क क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बसपार्क क्षेत्रबाट यात्रुहरूलाई बाहिर निकालिएको छ । बसपार्क क्षेत्रभित्र बस सञ्चालक, कर्मचारी र प्रहरी मात्र छन् । जिल्ला प्रशासन कार्यालयले बस सेवा सञ्चालनका लागि यातायात प्रालिहरूलाई निर्देशन दिए पनि उनीहरूले अटेर गरेका छन् ।
डडेल्धुरामा केन्द्रीय कार्यालय रहेको शिवपुरी यातायात प्रालिले धनगढी बसपार्कमा काउण्टर राखी यातायात सेवा सुरु गरेपछि विरोधमा उत्रिएका पूराना ६ वटा यातायात प्रालिले आज लामो तथा छोटो दुरीमा कुनै पनि सवारी साधन चल्न दिएका छैनन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले शिवपुरी यातायातले काउन्टर हटाउन पर्ने माग गर्दै विरोध जनाएको जानकरी दिए । शिवपुरी यातायातलाई धनगढी उपमहानगरपालिकाले काउन्टर राख्ने अनुमति दिएको थियो ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया