सर्वोच्चको आदेशले रिहा भइन् रुबी खान
काठमाडौँ : सर्वोच्च अदालतको आदेशपछि महिला अधिकारकर्मी रुबी खान रिहा भएकी छन् । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो । काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो ।
सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको थियो । सोही आदेशपछि उनी जिल्ला प्रहरी कार्यालय बाँकेबाट रिहा भएकी हुन् । सर्वोच्चले उनलाई धरपकड नगर्न पनि आदेश दिएको छ ।
रिहा भएपछि अधिकारकर्मीले उनलाई माला लगाएर स्वागत गरेका थिए । उनले रिहा भएलगत्तै आन्दोलन जारी राख्ने प्रतिक्रिया दिएकी छन् ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_NY7aLrWqp1_9tdhku1fp1lvnre0kj4vn36zrhbevah6wu0j0ltnzhrv9ywaqdsv2ue39rir.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया