औषधि लिमिटेडको महाप्रबन्धक दौडमा पाँच जना, सुवेदी बाहिरिए

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको महानिर्देशक रिक्त पदका लागि पाँच जना छनोट गरेको छ । गत मंसिर २८ मा भएको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरणमा ६ जनाले प्रस्तुति दिएका थिए ।
प्रतिस्पर्धाबाट विकास सुवेदी बाहिरिएका छन् । छनोटमा रौतहटका सफीउल्लाह, कपिलवस्तुका भुपेन्द्र प्रसाद अर्याल, ललितपुरका बाबुराम हुमागाइ, गुल्मीका अर्जुन अर्याल र ललितपुरका राज कुमार थापा छन् ।
पाँचजना आकांक्षीमध्ये प्रतिस्पर्धामा बाबुराम हुमागाई बलिया मानिन्छन् । लिमिटेडबाट अवकाश प्राप्त कर्मचारी हुन् । हुमागाई सत्तारुढ दल नेकपा निकट उपभोक्ताहित संरक्षण मञ्चका महासचिव पनि हुन् । औषधि परामर्श परिषद्मा उनलाई सरकारले छनोट गरेको थियो ।
मन्त्रालयले तीन जना छनोट गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।
आगामी बुधबार ५ जना प्रतिस्पर्धीलाई अन्तर्वार्ताका लागि मन्त्रालयले बोलाएको छ । २०७३ सालमा पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीकोपहलमा २०६६ सालमा बन्द भएको उद्योग पुन:सञ्चालनमा आएको थियो ।
०७५ पुस ५ मा औषधी लिमिटेडका महाप्रबन्धक डा. रोबसकुसुम सुवदीले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
खुला प्रतिस्पर्धाबाट सो पदमा उनले २०७३ पुस ७ गतेदेखि कार्यभार सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा प्रायः बन्द अवस्थामा रहेको लिमिटेडलाई पुन सञ्चालन गरी सिटामोल जीवनजल उत्पादन सुरु गराएका थिए ।

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघक…

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा पुनः स्थगित

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

प्रतिक्रिया