साफपछि राजीनामा दिने अल्मुताइरीको घोषणा
काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियसिप फुटबल प्रतियोगिता सकिएलगत्तै राजीनामा दिने घोषणा गरेका छन् । बुधबार बंगलादेशविरुद्ध बराबरी नतिजा निकालेर नेपाली टिमलाई फाइनल पुर्याएपछि आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामा दिने बताएका हुन् ।
अल्मुताइरीले राजीनामा दिएर आफु नेपाल नआउने पनि बताएका छन् । माल्दिभ्सबाट सोझै कुवेत फर्किने उनको भनाइ छ । एन्फा पदाधिकारी र मुख्य प्रशिक्षक अल्मुताइरीबीच पछिल्लो समय विवाद थियो । सोही विवादका कारण उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया