नेपाल पहिलाेपटक साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ - नेपाल पहिलाेपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । बुधबार बेलूकी माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।
पहिलो हाफमा १-० गोलले पछि परेको नेपाललाई फाइनल पुर्याउन अन्जन बिष्टले बराबरी गोल गरेका थिए । उनले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याएका हुन् ।
बराबरीसँगै नेपालले राउण्ड रोविन लिगका आधारमा सर्वाधिक ७ अंक जोड्दै फाइनलमा स्थान बनाएको हो । यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । आजको खेलमा बराबरी नतिजा निकालेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल पुग्न आजको खेलमा नेपाललाई बराबरी नतिजा आवश्यक थियो ।
नेपालले अब उपाधिका लागि आयाेजक माल्दिभ्स र भारतबीचकाे विजेतासँग खेल्नेछ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो ।

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

प्रतिक्रिया