तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

तेह्रथुम - कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् ।
भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ । बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए । ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने । उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन् । भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए । उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन ।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए ।
आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन । उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडँे ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन । भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे । राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ । तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_FgyUiGZvxB_wzit9jpbqgzdid255baknsh6n6dmdcd9orzgh8pj429vgjosn7v2aaqv13jt.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया