घरैमा कसरी बनाउने सुकुटी ?

बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन् । दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन् । सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ ।
आवश्यक सामग्री
बफ तथा चिकेनको मासु
आवश्यकताअनुसार तेल
पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट
मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो सानो टुक्रामा काट्ने । तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन । गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हुँदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले टमाटर काटेर राख्न पनि सकिन्छ । मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनियो राखेपछि सुकुटी खानका लागि तयार हुन्छ ।

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
_yFS9VmwIaK_ugpl6hbg1qpbcnoeyvguy1cpo6svlz8xjuw2ywuipfufmgxc5kfmd6oddkps_KYpCsgvdUt_mbqcxgli5fygp854wcjaridcsj6xxgk1mcfkfanx3emiz0qrgsinq3x5g8lv.jpeg)
टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को क्लब ग्रोथको तीन दिने सम्मेलन सम्पन्न

प्रतिक्रिया