दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले राहत दिने
घाइतेको निशुल्क उपचार हुन्छ: प्रधानमन्त्री देउवा

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको नि:शुल्क उपचार गर्ने प्रतिबद्धता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुगुमा मंगलबार बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि तीन वटा निर्देशन पनि दिएका छन् । उनले सार्वजनिक-निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएका हुन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया