जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउँछु : मन्त्री राना
रुपन्देही - लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रानाले यस प्रदेशका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने बताए ।
नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका मन्त्री रानाले पाल्पामा विद्युतको समस्या हल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उज्यालो पाल्पा बनाउने, सिद्धबाबाको सडकका खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन पहल गर्ने आश्वासन पनि उनले दिए ।
नेपालमा राजनीतिक दलप्रति जनताको निराशा बढ्दै गएकाले कामका माध्यमबाट नागरिकको सो निराशा हटाउन आफूले सक्दो प्रयास गर्ने मन्त्री रानाले बताए । रासस

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रतिक्रिया