थपिए ७९२ संक्रमित, १४ जनाको मृत्यु

काठमाडौँ - नेपालमा मंगलबार थप ७ सय ९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पिसिआर परिक्षणका क्रममा ६ सय ९१ र २ हजार ५ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १०१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यससँगै नेपालमा कोभिड संक्रमितको संख्या ८ लाख ९६ हजार ७ सय ६९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ५७ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ९ सय १० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ संक्रमित निको भएका छन् । हाल नेपालमा १४ हजार ५ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया