मृतकको संख्या २८ पुग्यो, घाइतेलाई नेपालगञ्ज लगियो

सुर्खेत - मुगुको पिनागाउँमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालगन्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस छायानाथ रारा नगरपालिका ७ पिनागाउँमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार घटनास्थलमै २१ जनाको र थप ८ जनाको बाटोमा मृत्यु भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइतेहरु मध्ये १२ जनालाई समिट एअरको जहाजबाट र तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक धामीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये एक बालिकालाई जिल्ला अस्पताल मुगुमा उपचारको लागि लगिएको छ ।
‘घाइते बालिकाको अवस्था सामान्य रहेकाले पनि उनलाई उपचारका लागि जिल्ला अस्पतालमा राखिएको हो’ उनले भने, ‘हेलिकप्टरबाट उद्धार गरिएका सबै घाइतेहरुलाई उपचारको लागि नेपालगञ्ज लगिएको छ ।’ भौगोलिक विकटता र टेलिफोनको नेटवर्कले काम नगर्दा उद्धारमा समस्या भएको उनले बताए ।
घाइतेहरुलाई उद्धारको कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले जानकारी दिए । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गाडी सडकबाट दुई सय मिटर तल खसेको बताए ।
दुर्घटनास्थल विकट स्थान भएकाले उद्धार कार्यमा कठिन भएको उनले जानकारी दिए । नेपालगञ्जबाट दसैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनागाउँमा दुर्घटनामा परेको हो ।

जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

दोस्रो संस्करणको सीप मेलाका लागि आठ वटा तालिम थप

डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन

प्रहरी सहायक निरीक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्य…

‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार

प्रतिक्रिया