शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

‘राष्ट्रसंघ लगायत संस्थाको पुनर्संरचना आवश्यक छ’

काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्काले असंलग्न आन्दोलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तबाट नेपाल कहिल्यै विचलित नभएको बताएका छन् । नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उक्त कुरालाई उल्लेख गरी परिपालन गर्दै अघि बढेको समेत बताएका छन् । परिवर्तित विश्‍वमा नाम जस्ता संगठनको औचित्य समयानुकुल बनाउन नयाँ परिवेशमा अगाडि बढ्नुपर्ने उनले बताए ।

नामको ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई सम्बोधन गर्दै उनले यस्‍ताे धारण व्यक्त गरेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा उनी तीन दिन अघि त्यहाँ पुगेका हुन । नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग नै रहेको उल्लेख गर्दै कतै नढल्कने नीति नेपालको रहेको उनले स्पष्ट पारे ।

‘हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्दाको तत्कालिन विश्व र अहिलेमा धेरै परिवर्तन आइसकेको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमा नै अति नै जटिल बन्दै गएको छ,’ मन्त्री डा खड्काले नामको ६० वर्षगाठमा आयोजित बैठकमा इतिहासको स्मरण गरे । 

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसङ्ग पनि उनले उल्लेख गरे । तर त्यसतर्फ धकेलिँदे गर्दा विश्वमा जातीय द्वन्द्व, मुलुकभित्र आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको बढ्दो खाडल र विश्वका धेरै देशहरुमा खाद्य सङ्कटजस्ता विषयमा समस्याहरु देखिएको पनि उनले बताए । 

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरु पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरुबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको भन्दै यसलाई चिर्न विश्वले नयाँ सोच अघि बढाउन पर्नेमा जोड दिए । 

पछिल्लो समयमा देखापरेको कोभिड–१९ को महामारी पनि विश्वमा मानव समुदायकै लागि एक प्रमुख चुनौतीका रुपमा रहेको भन्दै विश्वमा खोपको पहुँच पुगेका र नपुगेका देशहरुका रुपमा संसार दुई खेमामा विभाजन हुँदै गएकोमा चिन्ता व्यक्त गरे । 

त्यसैगरी जलवायु परिवर्तन पनि मानवजातिकै एक प्रमुख चुनौतीका रुपमा देखिएको र यसले मानव जातिलाई असर पार्न थालिसकेको मन्त्री खड्काले उल्लेख गरे । नामले विश्वका गरिब तथा यस्तै जोखिममा रहेका देशहरुका पक्षमा बोल्नुपर्ने धारणा राख्दै सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि उनले बताए । 

‘विश्वमा देखिएको यो जटिल परिस्थितिलाई चिर्दै नाम सम्मेलनले शान्त र समृद्ध विश्व निर्माणका लागि लाग्नुपर्ने र यसका लागि नामले संयुक्त राष्ट्रसङ्घ जस्ता बहुराष्ट्रिय संस्थाहरुको पुनर्संरचनाका लागि पनि सबै लाग्नुपर्ने छ,’ उनले भने । खड्काले राष्ट्रसंघ पुर्नसंरचना गर्ने विषयमा नेपालले त्यही विषयको पक्षमा समर्थन गर्ने समेत बताए । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता