बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

सगरमाथा आधार शिविरमा परिणिती चोपडा

काठमाडौं - बलिउड अभिनेत्री परिणिती चोपडा सगरमाथा आधार शिविर पुगेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आधार शिविर पुगेको जानकारी दिएकी हुन् । ट्विटरमा आधार शिविर पुगेको फोटोसहित उनले लेखेकी छिन्, ‘शुभ प्रभात मिस्टर एभरेस्ट। तिमीले आज मलाई नम्रताको पाठ सिकायौं।’

चलचित्र ‘उचाइ’को सुटिङका लागि अहिले बलिउडका कलाकार नेपालमा छन् ।