'निर्दोष प्राणीको बलि नदिउँ, बिकार र विकृतिको बलि दिउँ'

कैलाली - धनगढीमा पशु बलि नदिउँ, सात्विक भोजन अपनाउँ भन्दै र्याली निकालिएको छ । धनगढीको चौराहादेखि निकालिएको र्यालीमा सात्विक भोजन खाऔ, निरोगी बनौ । निर्दोष प्राणीको बलि नदिउँ, बिकार र विकृतिको बलि दिउँ ! भन्ने प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो ।
ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयको आयोजनाम निकालिएको र्यालीमा विश्व विद्यालयका दिदिबहिनी तथा दाजुभाइ, सुरक्षाकर्मी लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । र्यालीपछि सम्बोधन गर्दै ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयकि प्रमुख हिरा दिदिले निर्दोष प्राणीको बलि नदिई सात्विक भोजन गरौ, निरोगी रहौ भन्दै चाडबाडका बेला सबैभन्दा बढी पशुबली दिने चलन बढेको भन्दै चिन्ता व्यक्त गरिन्।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया