सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

आपूर्तिमन्त्रीको कार्यभार प्रधानमन्त्री देउवालाई

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग वाणिज्यमन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्नेगरी तोकेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले खाली रहेको मन्त्रालयको कार्यभार देउवाले हेर्ने गरी तोकेको उल्लेख गरेका छन् । 

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्‌का माननीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री श्री गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,' प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।