नेपाल प्रहरीसँग मुक्तिनाथ विकास बैंकको साझेदारी

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकर, मास्क लगाउन आग्रहका लागि व्यानर जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
यो सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया