सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

३१ गते बैंक तथा वित्तीय संस्था खुल्ला रहने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले ३१ गते आइतबार सार्वजनिक बिदा परेका प्रदेशका भएपनि बैंक तथा वित्तीय संस्था खुला राख्न परिपत्र गरेको छ ।

बिदा परेका प्रदेशका राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरू, करदाता सेवा कार्यालयहरू, भन्सार कार्यालयहरूको राजस्व बुझ्ने काउन्टरहरू, राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंक पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्‍ने व्यवस्था गराउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । त्यस्तै नेपाल राष्ट्र बैंक पनि उक्त दिन पूर्णकालीन रूपमा खुला रहने बताइएकाे छ ।