रियलमी ८-आइ नेपालमा सार्वजनिक

काठमाडौँ - रियलमीले हालै आफ्नो नयाँ स्मार्टफोन ‘रियलमी ८-आइ’ नेपाली बजारमा ल्याएको छ। पुरानो ‘रियलमी-८’ सिरिजका स्मार्टफोनले बजारमा राम्रो व्यापार गरेपछि कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो।
‘रियलमी ८–आइ’मा ६।६० इन्चको डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ। यसबाट प्रयोगकर्ताले अल्ट्रा–स्मुथ अनुभव लिन सक्ने कम्पनीले बताएको छ।
यो फोनमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामरासहित २ मेगापिक्सलका अन्य दुई क्यामरा छन्। यसको सेल्फी क्यामरा भने १६ मेगापिक्सलको छ।
मिडियाटेक हेलियो जी-९६ प्रोसेसर भएको यस स्मार्टफोनमा ४ जिबीको र्याम छ, जुन पछि ७ जिबीसम्म बढाउन सकिन्छ। साथै यसमा ६४ जिबीको आन्तरिक स्टोरेज छ।
यो फोनमा पाँच हजार एमएएच ब्याट्री छ। यो ब्याट्रीले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। फोन एकपटक पुरा चार्ज गरेपछि प्रयोगकर्ताले ४० घण्टासम्म फोनमा कुरा गर्न सक्ने, एक हजार दुई सय बीस गीतहरु सुन्ने सक्ने र १८ वटा फिल्म हेर्न सक्ने कम्पनीको भनाइ छ।
चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘रियलमी ८-आइ’को मूल्य २३ हजार सात सय ९९ रुपैँया तोकिएको छ। यसैगरी ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य २७ हजार एम सय ९९ रुपैँया छ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया