शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

घान्द्रुकमा जीप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते

फाइल फोटो

पोखरा - कास्कीको घान्दु्रकमा जीप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन् । एक जनाको अवस्था सामान्य छ । कास्की अन्नपूर्ण गाउँपालिकाको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ झ ६९०० नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।
 
जीप अन्नपूर्ण –१० कलाभिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरुलाई उद्धार गरि पोखरा ल्याउन लागिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।