बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्षमा एक जना मृत फेला

प्रतिकात्‍मक तस्‍बिर ।

कैलाली - ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्षमा एक जना मृत फेला परेका छन्। हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा झुन्डिएको अवस्थामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए । बिष्टकाअनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको थियो।