शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

काठमाडौं उपत्यकाबाट बाहिरिनेको चाप बढ्‍यो

काठमाडौँ - दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । दटीकाको दिन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको संख्या ह्वात्तै बढेको हो । काठमाडौँबाट बाहिरिनेको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् ।  

यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रमा घर फर्किनेहरूको सोमबार बिहानैदेखि ठूलो भिड लागेको छ । 

शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरू दसैँमा आफ्नै गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भीड बढेको हो । कोभिड महामारीको जोखिमकैबीच पनि मानिसहरू काठमाडौं उपत्यकालगायतका सहरबाट घर फर्किरहेका छन् । स्वदेश तथा विदेशमा रहेकाहरू घर फिर्तिले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालो बनाउने गर्दछ ।